‘खजुरे ब्रो’ अडिसन दिएर छानिएको हो : नीति
काठमाडौँ । अभिनेत्री नीति शाहले फिल्म ‘खजुरे ब्रो’ आफ्ना लागि स्पेसल फिल्म हुने बताएकी छन् । यसै फिल्मबाट अभिनयमा डेब्यु गरेकी नीतिले अभिनय सिलसिलामा अगाडि आफूलाई धेरै डर भएपनि सहकर्मीको साथ र सहयोगले फिल्म सहज तवरबाट पुरा भएको बताइन् ।
आइतबार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले ‘खजुरे ब्रो’ले आफ्ना लागि चलचित्रको उद्योगको ढोका समेत खोलेको बताइन् । ‘म अभिनेत्री बन्छु भनेपछि धेरै मेकरले कस्तो काम गर्छ भन्ने जस्तो बिभिन्न नकारात्मक सिच्युएसनबाट गुज्रिसकेको थिए’, नीतिले भनिन्, ‘निर्देशक सुरज सुनुवारले यो फिल्ममा अवसर दिनुभयो । जुन म जिन्दगी भर बिर्सनै छैन ।’ उनले फिल्मका लागि अडिसन दिएर आफू छानिएको खुलाइन् ।
‘यो मेरो पहिलो र स्पेसल फिल्म पनि हुनेछ’, उनले थपिन् ‘थियटरबाट खारिएका कलाकारसँग अभिनय गर्न र धेरै कुरो सिक्न पाए ।’ फिल्मबाट सिकेको कुरो सधै काम लाग्ने उनको धारणा थियो ।
फिल्म २८ वैशाखबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । नीतिको अलवा फिल्ममा रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिप चन्द्र राईलगायतका काकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण