‘खजुरे ब्रो’ अडिसन दिएर छानिएको हो : नीति
काठमाडौँ । अभिनेत्री नीति शाहले फिल्म ‘खजुरे ब्रो’ आफ्ना लागि स्पेसल फिल्म हुने बताएकी छन् । यसै फिल्मबाट अभिनयमा डेब्यु गरेकी नीतिले अभिनय सिलसिलामा अगाडि आफूलाई धेरै डर भएपनि सहकर्मीको साथ र सहयोगले फिल्म सहज तवरबाट पुरा भएको बताइन् ।
आइतबार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले ‘खजुरे ब्रो’ले आफ्ना लागि चलचित्रको उद्योगको ढोका समेत खोलेको बताइन् । ‘म अभिनेत्री बन्छु भनेपछि धेरै मेकरले कस्तो काम गर्छ भन्ने जस्तो बिभिन्न नकारात्मक सिच्युएसनबाट गुज्रिसकेको थिए’, नीतिले भनिन्, ‘निर्देशक सुरज सुनुवारले यो फिल्ममा अवसर दिनुभयो । जुन म जिन्दगी भर बिर्सनै छैन ।’ उनले फिल्मका लागि अडिसन दिएर आफू छानिएको खुलाइन् ।
‘यो मेरो पहिलो र स्पेसल फिल्म पनि हुनेछ’, उनले थपिन् ‘थियटरबाट खारिएका कलाकारसँग अभिनय गर्न र धेरै कुरो सिक्न पाए ।’ फिल्मबाट सिकेको कुरो सधै काम लाग्ने उनको धारणा थियो ।
फिल्म २८ वैशाखबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । नीतिको अलवा फिल्ममा रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिप चन्द्र राईलगायतका काकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउन प्रयास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
-
जनकपुरस्थित सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
-
वर्ल्डलिंकले दायर गरेको सबै मुद्दा खारेज, राज्यलाई २ अर्ब बुझाउनुपर्ने
-
मधेसमा ४ दल मिलेर सरकार गठन गर्ने, मुख्यमन्त्रीमा सहमति हुन बाँकी
-
नेपाल बैंकको सुरक्षा गार्डको हत्या आरोपमा सशस्त्रका पूर्वजवान पक्राउ
-
मधेस प्रदेश : एमाले र माओवादी केन्द्रद्वारा समर्थन फिर्ता, जसपा नेपाललाई झट्का