सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
मतगणना अपडेट

बझाङमा एमालेको अग्रता कायमै

आइतबार, १६ वैशाख २०८१, १८ : २७
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । बझाङ प्रदेशसभा १ को जारी मतगणनामा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार दोस्रो स्थानमा रहेका छन् । 

एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले १८०२ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार जनक बहादुर बुढाले १२७४ मत पाएका छन् । 

यस्तै नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ११२८ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका  उम्मेदवारले भने ७२० मत पाएका छन् ।

योसँगै छबिसपथिभेरा गाउँपालिकाको मत गणना सकिएको छ । त्यहाँ ७ वडा रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप