मतगणना अपडेट
इलाम २ मा कांग्रेसको अग्रता कायमै
आइतबार, १६ वैशाख २०८१, १८ : १३
काठमाडौँ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २ र ३ को गणना हुँदा कांग्रेसले अग्रता कायमै राखेको छ । ४ हजार १५२ मतगणना हुँदा कांग्रेसका डम्बर खड्काले १ हजार ६५८ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले १ हजार ६३० मत प्राप्त गरेका हुन् ।
तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमको ४३० मत छ भने रास्वपा उम्मेदवार मिलन लिम्बू ३०८ मत पाएर चौथो स्थानमा छन् ।
एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम–२ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन् । इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण