सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
मतगणना अपडेट

इलाम २ मा कांग्रेसको अग्रता कायमै

आइतबार, १६ वैशाख २०८१, १८ : १३
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २ र ३ को गणना हुँदा कांग्रेसले अग्रता कायमै राखेको छ । ४ हजार १५२ मतगणना हुँदा कांग्रेसका डम्बर खड्काले १ हजार ६५८ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले १ हजार ६३० मत प्राप्त गरेका हुन् । 

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमको ४३० मत छ भने रास्वपा उम्मेदवार मिलन लिम्बू ३०८ मत पाएर चौथो स्थानमा छन् । 

एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम–२ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन् । इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप