आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा अझै ५१ प्रतिशत मतगणना गर्न बाँकी

शनिबार, ०७ जेठ २०७९, १५ : ०२
शनिबार, ०७ जेठ २०७९

काठमाडौं महानगरपालिकामा अझै ५१ प्रतिशत मत गन्न बाँकी रहेको छ । हालसम्म स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरिरहेका छन् । लौरो चिन्हबाट स्वतन्त्र उम्मेदवार भएका शाहले ३५ हजार १ सय ३० मत प्राप्त गर्दै अग्रता बनाइरहेका हुन्। महानगरमा कुल १ लाख ८९ हजार ४२० मत खसेको थियो ।

 शनिबार अपरान्ह साढे २ बजेसम्म ९३ हजार ६ सय ४७ मत मात्रै गणना भएको निर्वाचन आयोगले जनाएको छ । यसअघिको निर्वाचनमा एमालेको पकड क्षेत्र मानिएका वडाहरूमा मतगणना जारी छ । अझै ९७ हजार ५ सय ३९ मत गणना गर्न बाँकी छ । 

९, १०, ११, २४, २५, २६, २७ र ३१ वडामा मतगणना जारी छ । जसमध्ये १० र ११ नम्बर वड कांग्रेसको पकड भएको क्षेत्र मानिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप