लगानी सम्मेलनको उत्साह सेयर बजारमा, नेप्से सूचक १४ अंकले बढ्यो
काठमाडौँ । आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु हुँदैगर्दा यसको सकारात्मक प्रभाव यता सेयर बजारमा परेको छ । साताको पहिलो कारोबार दिन समेत रहेको लगानी सम्मेलनको पहिलो दिन नेप्से सूचक १४.३३ अंकले बढ्दै १९८०.२७ अंकमा उक्लिएको हो ।
यस्तै आज यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.६२ अंकले बढ्दै ३५०.८० अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज २ अर्ब ६८ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको ६८ लाख ७८ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । ट्रेडिङ समूहको उपसूचक बाहेक आज १२ वटा उपसूचक धनात्मक भएका छन् ।
सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.९८ प्रतिशतले बढेको छ भने आज डेभलपमेन्ट बैंक समूहको उपसूचक २.२३ प्रतिशतले र माइक्रो फाइनान्स १.४० प्रतिशतले बढेको छ । यसैगरी नन् लाइफ इन्स्योरेन्सको उपसूचक आज १.०६ प्रतिशतले बढ्दा अरू समूहको उपसूचक १ प्रतिशत कमले बढेका छन् । यता ट्रेडिङ समूहको उपसूचक भने आज ०.३४ प्रतिशतले घट्न पुगेको छ ।
आज पोखरा फाइनान्स कम्पनीको सेयर मूल्य ९.०२ प्रतिशतले बढेको छ भने रिभर्स फल्स पावर लिमिटेडको मूल्य ४.६३ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण