तीन दिनसम्म कपिलवस्तुको सिमा नाका बन्द
कपिलवस्तु - यहाँका सीमा नाका तीन दिनका लागी बन्द गरिएको छ । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले गए राती १२ बजेदेखि मंसिर २१ गते साँझ ५ बजे सम्मलाई बोर्डर सील गरेको हो ।
बोर्डर सिलका लागि भारतीय अधिकारीसँग समन्वय गरिएको प्रजिअ मदन भुजेलले रातोपाटीलाई जानकारी दिए । तीन दिन भारतबाट नेपाल र नेपालबाट भारत पैदल यात्रामा समेत रोक लगाईएको छ । यस्तै सावारी साधानहरु टांगा, साईलक, ट्रक, जीप, ट्याक्टर, कार, बसलाई समेत आवतजावत गर्न निषेध गरिएको प्रजिअ भुजेलले बताए ।
एक सय ५३ मतदानस्थल अति संवेदनशील
जिल्लाका तीन प्रतिनिधिसभा र छ प्रदेशसभामा निर्वाचन हुँुदैछ । जिल्लामा कृष्णनगर, मर्यादपुर चाकरचौडा लगायत गरि एक दर्जन सीमानाका छन । यसैबीच यहाँका २ सय ३३ मतदानस्थल मध्ये एक सय ५३ मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ ।
पाँच हजारभन्दा बढी सुरक्षाकर्मी
निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी गरी पाँच हजार तीन सय ४१ सुरक्षाकर्मी परिचालन हुनेछन् । म्यादी, २ हजार चार सय ७४ नेपाल प्रहरी एक हजार दुई सय सात, सशस्त्र प्रहरी आठ सय १० र नेपाली सेना आठ सय ५० निर्वाचन सुरक्षाको लागि खटिनेछन् ।
सुरक्षा
मतदानस्थल र केन्द्रमा पहिलो घेरामा म्यादी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन् । निर्वाचन स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पेट्रोलिन समेत गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण