एउटै घरलाई लक्षित गरी दुई पटक बम प्रहार
मङ्गलबार, १९ मङ्सिर २०७४, ०९ : ३९
कपिलवस्तु - स्थानीय नेताको घरलाई लक्षित गरी दुई वटा बम प्रहार भएको छ । वाणगंगा नगरपालिका वडा नम्बर ५ कोपवा बजार नजिकका स्थानीय कांग्रेस नेता दुनिका भुसालको घरलाई लक्षित गरी गएराति र आज बिहान दुई बम प्रहार भएको हो ।
राति भुसालको घरको सटर अगाडि पेट्रोल बम बिस्फोट भएको थियो । बिस्फोटबाट उनको गाडीमा सामान्य क्षति पुगेको छ ।
त्यस्तै, आज बिहान फेरी उनकै घर अगाडि रकेड बम फेला परेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले रातोपाटीलाई जानकारी दिए ।
बिहान भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको प्रहरी निरीक्षक कार्कीले बताए । बम भेटिएपछि उनको परिवारसँगै स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
बम राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘च्याटजिपिटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण