मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

एउटै घरलाई लक्षित गरी दुई पटक बम प्रहार

मङ्गलबार, १९ मङ्सिर २०७४, ०९ : ३९
मङ्गलबार, १९ मङ्सिर २०७४

कपिलवस्तु - स्थानीय नेताको घरलाई लक्षित गरी दुई वटा बम प्रहार भएको छ । वाणगंगा नगरपालिका वडा नम्बर ५ कोपवा बजार नजिकका स्थानीय कांग्रेस नेता दुनिका भुसालको घरलाई लक्षित गरी गएराति र आज बिहान दुई बम प्रहार भएको हो ।

राति भुसालको घरको सटर अगाडि पेट्रोल बम बिस्फोट भएको थियो । बिस्फोटबाट उनको गाडीमा सामान्य क्षति पुगेको छ । 

त्यस्तै, आज बिहान फेरी उनकै घर अगाडि रकेड बम फेला परेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले रातोपाटीलाई जानकारी दिए ।

बिहान भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको प्रहरी निरीक्षक कार्कीले बताए । बम भेटिएपछि उनको परिवारसँगै स्थानीय बासिन्दा त्रसित बनेका छन् । 

बम राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप