‘कभी इद कभी दिवाली’ जगपति भिलेन
बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘कभी इद कभी दिवाली’को चर्चा सेलाएको छैन । फिल्मको कलाकारलाई लिएर दैनिक नयाँनयाँ समाचार आइरहेका छन् । अब यो फिल्ममा भिलेनको भूमिका दक्षिण भारतीय अभिनेता जगपति बाबूको प्रवेश भएको छ ।
यसअघि नै यो फिल्ममा दक्षिण भारतीय दुई कलाकारको प्रवेश भइसकेको छ । समाचारअनुसारा फिल्ममा जगपतिलाई निकै डरलाग्दो भिलेनको चरित्रमा देखाइनेछ । जसका लागि उनले मेहनत पनि गरिरहेका छन् । सलमान पेन इण्डियाबाट फिल्म बनाइरहेका छन् । सोहीकारण फिल्मको कास्टिङमा उनले बढी ध्यान दिएका छन् । जगपति फिल्मको हैदराबाद सेड्युलको सुटिङमा जोडिनेछन् ।
फरहाद सामजीको निर्देशन रहने फिल्ममा जहीर इकबाल र शहनाज गिलको पनि अभिनय हुनेछ । फिल्ममा दक्षिण भारतीय स्टार वेंकदेश दग्गुबाती, अभिनेत्री पूजा हेगडे पनि जोडिएकी छन् । फिल्म सन् २०२३ को इदमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण