‘कबीर सिंह’को सिक्वेल तयारी
बलिउड अभिनेता शाहिद कपुरले आफ्नो करियरमा एकसे एक हिट फिल्म दिएका छन् । त्यसको पछिल्लो नाम हो, ‘कवीर सिंह’ । यो फिल्म सन् २०१९ मा रिलिज भएको थियो । यो फिल्ममा शाहिदको अपोजिटमा कियारा आडवाणी थिइन् ।
‘कवीर सिंह’ रिलिज भएको ३ वर्ष पुरा भएको छ । यही मेसोमा फिल्मका निर्माताद्वय मुराद खेतानी र भुषण कुमारले यसको सिक्वेल ल्याउने तयारी गरिरहेका छन् । यो कुराको खुलासा उनीहरुले फिल्म ‘भूल भुलैया २’को सफलतामा गरेका हुन् ।
गत २० मेबाट प्रदर्शनमा आएको कार्तिक आर्यन र कियारा आडवाणी स्टारर फिल्म ‘भूल भुलैया २’को निर्माता पनि मुराद र भुषण नै हुन् । यो फिल्मलाई दर्शकले निकै मनपराएका छन् ।
उनीहरुलाई सञ्चारमाध्यमले ‘अब कुन फिल्मको सिक्वेल लिएर आउँदै हुनुहुन्छ ?’ भनी सोधेका थिए । ‘कवीर सिंह एक आइकोनिक चरित्र हो । त्यसकारण अब यही फिल्मको सिक्वेल दर्शकमाझ आउनेछ’, दुवैले एकसाथ भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
-
नेकपा कोशीले बनायो १ हजार ४९९ सदस्यीय समिति, प्रचण्डले गराए शपथ
-
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न
-
लागुऔषधविरुद्ध झापा प्रहरीको ‘स्वीप अपरेसन’
-
यी हुन् रास्वपाका निर्वाचित ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य (सूचीसहित)
-
१० बजे १० समाचार : भद्रगोल व्यवस्थापनकैबिच सकियाे रास्वपा महाधिवेशन, विवाद मिलाउन नेता फेरिएको फेरियै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण