कान्स फिल्म फेस्टिबलमा पहिलो पटक नेपाली फिल्मले जित्यो अवार्ड
विश्वकै ठूलो फेस्टिबलमध्येको एक कान्समा पहिलो पटक नेपाली फिल्मले अवार्ड बाजी मार्न सफल भएको छ । ७५ औँ फेस्टिबल दे कान्समा लघु चलचित्र विधामा नेपाली चलचित्र लोरीले अवार्ड जितेको छ ।
अविनाश विक्रम शाह निर्देशित नेपाली लघु चलचित्र ‘लोरी’ ले ‘द स्पेशल मेन्सन अवार्ड इन सर्ट फिल्म’ अवार्ड हात पारेका हो । फेस्टिभल डे कान्समा पहिलो पटक मुख्य प्रतिस्पर्धाको विधामा नेपाली चलचित्र प्रदर्शन गरिएको हो ।
स्क्रिप्ट लेखनसमेत सिकाउने शाहसँग फिल्म निर्माण क्षेत्रमा एक दशकभन्दा बढीको अनुभव छ, जसमा मिन बहादुर भामको ‘कालो पोथी’, दीपक रौनियारको ‘हाइवे’ र ‘टाटिनी’ लगायतका फिल्मले समीक्षकहरूको प्रशंसा पाएका छन् । उनका चलचित्र यसअघि प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत प्रिमियर भइसकेका छन् ।
‘चौकठ’ जस्ता केही नेपाली चलचित्रले विगतका संस्करणहरूमा कान्स फेस्टिभलको स्क्रिनिङ एण्ड एक्जिबिसन’ विधामा स्थान बनाए पनि मुख्य प्रतिस्पर्धाको विधामा शाहको ‘लोरी स् मेलान्कोली अफ माई मदर्स लुलेबिज’ देशकै पहिलो चलचित्र हो ।
अविनाश विक्रम शाहको ‘लोरीस् मेलान्कोली अफ माइ मदर्स लुलेबिज’ यस वर्ष कान्स फेस्टिभलको ७५ औँ संस्करणमा सर्ट फिल्म पाल्मे डी’ओर विधाका लागि छनोट भएका नौ सर्ट फिल्ममध्ये परेको हो । यस वर्ष आफ्नो ७५ औँ वार्षिकोत्सव मनाउन लागिएको कान्स फेस्टिभलमा १४० देशका ३ हजार ५०७ एन्ट्रीबाट छनोट भएको ‘लोरी’ पहिलो नेपाली चलचित्र हो । १४ मिनेटको यो चलचित्रले नेपालमा पितृसत्तात्मक समाज अन्तर्गत रहेका सामाजिक विकृतिहरूको खोजी गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण