अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन मार्फत नयाँ नेतृत्व पाएको छ।
- रवि लामिछाने सभापतिमा र डा. स्वर्णिम वाग्ले उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्।
- महिला उपसभापतिमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै डा. इन्दिरा गौतम, महामन्त्रीमा विपिन आचार्य, सहमहामन्त्री (खुला) मा हरि ढकाल र असिम शाह, तथा सहमहामन्त्री (महिला) मा निशा डाँगी निर्वाचित भएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले पहिलो महाधिवेशन मार्फत नयाँ नेतृत्व पाएको छ ।
गत आइतबारदेखि सुरु भएको महाधिवेशनमा आज पदाधिकारीहरूकाे टुङ्गो लागेसँगै रास्वपाले नयाँ नेतृत्व पाएको हो। रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित हुँदा उपसभापतिमा पनि डा.स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए ।
शुक्रबार भएको दोस्रो चरणको पदाधिकारीको निर्वाचनमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा साेविता गौतम निर्वाचित भएकी हुन् ।
त्यस्तै पार्टीको महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। महामन्त्रीमा विपिनसँगै मनिष झा, सागर ढकाल र गणेश कार्की उम्मेदवार थिए ।
त्यसैगरी पार्टीको सहमहामन्त्री (खुला) मा हरि ढकाल र असिम शाह निर्वाचित भएका छन् भने सहमहामन्त्री (महिला)मा निशा डाँगी निर्वाचित भएकी छिन् ।
पहिलो चरणमा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।निर्वाचित भएसँगै उनीहरू अङ्गालोमा बेरिएर खुसी साटासाट गरिरहेका छन्।
_6ao8mMoEWu.jpg)
_RZbiIdcjrq.jpg)
_0tLiPxJYXc.jpg)
_ulcRTVJcnN.jpg)
_Il8i1rgStx.jpg)
_8HuoreufvR.jpg)
_Rk8TQrm1Ek.jpg)
_qVT2XMowoy.jpg)
_CC5G6ud5D8.jpg)
_Vs0Af9R6Hg.jpg)
_ctIHnOhlO2.jpg)
_xqWEpR2lF3.jpg)
_xA6MyRLSlN.jpg)
_mxls12d4tD.jpg)
_owJpDAyKVf.jpg)
_crUfU2LHQF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपाका निर्वाचित ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य (सूचीसहित)
-
१० बजे १० समाचार : भद्रगोल व्यवस्थापनकैबिच सकियाे रास्वपा महाधिवेशन, विवाद मिलाउन नेता फेरिएको फेरियै
-
ब्रिटिस काउन्सिलद्वारा अर्बिट मेडिकल इन्ट्रान्सलाई ‘प्लाटिनम पाटर्नर अवार्ड’ प्रदान
-
सूर्यविनायकमा बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण