विवादमा आमिरको ‘लाल सिंह चड्डा’
बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ दर्शकका लागि प्रतिक्षित फिल्म हो । यो फिल्म ११ अगष्टमा रिलिज हुँदै छ । फिल्ममा आमीरसँगै करिना कपुर प्रमुख भूमिकामा छन् । फिल्मको ट्रेलर २९ मे अर्थात् आईपीएलको फाइनलको अवसरमा रिलिज हुँदै छ ।
तर, ट्रेलर रिलिज हुनुअघि नै फिल्म विवादमा तानिएको छ । हिन्दु संगठनले यो फिल्मको विरोध गरेका छन् । यतिमात्र होइन संगठनसँग आवद्ध व्यक्तिहरूले आमीरको पोस्टरलाई नै जलाइदिएका छन् ।
उत्तर प्रदेशको सुल्तानपुरमा हिन्दु संगठनसँग आवद्ध व्यक्तिहरूले आमीर खान र फिल्मकोविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले आमीरको पोस्टर च्यातेर बाटोमा जलाएका छन् । उनीहरूले ट्रेलर रिलिजको दिन सडकमै आएर प्रदर्शन गर्ने चेतावनीसमेत दिएका छन् ।
‘आमीर खानलाई आईपीएलमा बोलाइएको छ । आमिर प्रायः भारतको संस्कृति र सभ्यताविरुद्ध बोल्दै आएका छन् । यी तिनै आमिर हुन्, जो हिजाबको ठूलो समर्थक हुन् । उनकी छोरी फेसबुकमा कस्ता फोटो शेयर गर्छिन् भन्ने कुरा सबैलाई थाहा नै छ । यतिमात्र होइन, उनको श्रीमतीलाई पनि भारतमा बस्न डर लाग्छ । यस्ता व्यक्तिलाई आईपीएल व्यवस्थापनले कसरी बोलाइरहेको छ, हामीले बुझ्न सकेको छैन’, सनातन रक्षक सेनाका प्रदेश उपाध्यक्ष राहुल सिंहले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण