स्थानीय चुनावमा माओवादी–काँग्रेस, कार्यपालिकामा माओवादी–एमालेबीच तालमेल
गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी–काँग्रेसबीच तालमेल भएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा कार्यपालिकाको चुनावमा भने माओवादी–एमालेबीच तालमेल भएको छ ।
बुधबार भएको कार्यपालिका सदस्य निर्वाचनमा दुई खुल्ला सदस्य पदमा नेकपा एमालेबाट शंकर बहादुर कामी र माओवादी केन्द्रबाट उज्जिरे ढोली निर्वाचित भएका छन् । एमालेबाट निर्वाचित भएका कामीले ३३ मत ल्याउँदा माओवादी केन्द्रका उज्जीरे ढोलीले ३२ मत प्राप्त गरे । काँग्रेसका दीपक बिकले २० र अम्मरे कामीले १९ मत प्राप्त गरे ।
महिला सदस्य पदमा एमालेबाट कमला विकले ३३ अम्बि विकले ३३ र पदमा विकले पनि ३३ मत प्राप्त गरेर विजयी हुँदा काँग्रेसका अमृता बोहराले १९, पंचकली बुढाले १९ राधिका विकले १९, उज्जादेवी विकले पनि समान १९ मत प्राप्त गरिन् ।
स्मरण रहोस् स्थानीय चुनावमा यहाँ काँग्रेस–माओवादी मिले एमालेको विरासत भत्काएका थिए । ०७४ सालमा एमालेको बहुमत रहेको यो पालिकामा यो पटक माओवादीका खड्ग विक अध्यक्षमा निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण