शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम

शनिबार, २७ असार २०८३, ०१ : २८
शनिबार, २७ असार २०८३

काठमाडौँ । लस एन्जलसमा जारी फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा बेल्जियमले उत्कृष्ट पुनरागमन गरेको छ । खेलको पहिलो हाफ अन्तर्गत ४१ औँ मिनेटमा बेल्जियमका स्ट्राइकर चार्ल्स डे केटेलेरेले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका हुन् ।

केटेलेरेले डिफेन्डर टिमोथी कास्टान्येको उत्कृष्ट पासलाई सदुपयोग गर्दै बललाई जाली चुमाएका थिए । यसअघि ३०औँ मिनेटमा फाबियन रुइजको गोलमार्फत पछि परेको बेल्जियमले पहिलो हाफ सकिनुभन्दा केही मिनेट अघि नै महत्वपूर्ण बराबरी गोल फर्काउन सफल भएको हो ।

यस गोलसँगै स्पेनले यस विश्वकप प्रतियोगितामा पहिलो पटक गोल खाएको छ । लगातार ६ खेलसम्म कुनै पनि गोल नखाएर ऐतिहासिक ुक्लिन सिटु को कीर्तिमान बनाएको स्पेनको मजबुत रक्षापङ्क्तिलाई बेल्जियमले ४१औँ मिनेटमा तोड्न सफल भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप