माओवादी केन्द्रको पूर्व स्थायी समितिको बैठक खुमलटारमा जारी
आइतबार, २२ जेठ २०७९, ०९ : २२

नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी समिति सदस्यहरूको बैठक खुमलटारमा जारी छ । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल भइरहेको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
पूर्व स्थायी समिति सदस्यहरूको बैठक यसअघि शनिबार दिउँसो ३ बजेका लागि बोलाएको थियो । तर, तयारी पर्याप्त नभएको भन्दै स्थगित गरिएको पूर्व स्थायी समिति सदस्य गणेश साहले बताए ।
स्थानीय निर्वाचन सकिएपछि माओवादी केन्द्रले बोलाएको यो पहिलो बैठक हो । बैठकमा सरकारले ल्याएको बजेटको पनि समीक्षा हुने बताइएको छ ।