शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

बिग बोसमा होस्टको रुपमा समान्थाको प्रवेश

आइतबार, २२ जेठ २०७९, ११ : ४०
आइतबार, २२ जेठ २०७९

दक्षिण भारतीय अभिनेत्री समान्था रुथ प्रभु दर्शकमाझ रुचाइएकी अभिनेत्री हुन् भन्दा फरक नपर्ला । हालै फिल्म ‘पुष्पा’को गीत ‘ओ अन्टावा’मा आइटम गर्लका रुपमा देखिएकी समान्थालाई दर्शकले उत्तिकै मनपराए ।

उनै समान्थाले तेलुगू भर्सनको ‘बिग बोस ’ होस्ट गर्ने भएकी छन् । ‘बिग बोस’ तेलेगु ६ को तीन सिजन ३, ४ र ५ नागार्जुन अक्किनेनीले होस्ट गरेका थिए । ‘बिग बोस’को हिन्दी भर्सनमा दर्शकले अभिनेता सलमान खानलाई रुचाएजस्तै तेलुगु भर्सनमा नागार्जुनलाई उत्तिकै रुचाइन्छ ।

समान्थाले होस्ट गर्ने भएपछि दक्षिण भारतीय फिल्मको बजार गर्माएको छ । सबैको चासो के समान्थाले आफ्ना पूर्व ससुराले राखेको बिग बोसको इज्जतलाई कायम गर्न सक्छिन् भन्नेमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप