शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

झुसिलो डकारलाई बेवास्ता नगर्नुहोस्, यो घातक रोगको हुनसक्छ संकेत !

आइतबार, २२ जेठ २०७९, १६ : ३३
आइतबार, २२ जेठ २०७९

क्यान्सरजस्तो खतरनाक रोग आजकालको समयमा निकै साधारण भइसकेको छ । क्यान्सर शरीरको कुनै पनि अंगमा हुनसक्छ । यस्तै आज हामी तपाईंलाई एसोफेगस क्यान्सरबारे जानकारी दिँदै छौँ । एसोफेगसलाई फुड पाइप पनि भनिन्छ । एसोफेगससले हाम्रो मुखलाई पेटसँग जोड्ने काम गर्छ । यो क्यान्सरबाट जोगिनका लागि समय हुँदा नै यसबारे थाहा पाउनुपर्छ । विशेषज्ञका अनुसार एसोफेगस क्यान्सरका केही सुरुवाती लक्षणमा ध्यान दिँदा यो खतरनाक रोगबाट बच्न सकिन्छ । जसलाई छाती पोल्ने समस्या छ, उनीहरुको यो समस्या क्यान्सरको कारण बन्न सक्छ ।

यस्ता समस्या हुनसक्छन्

एसोफेगस क्यान्सरद्वारा पीडितले  धेरैजसो थुक निल्न समस्या, एसोफेगस पाइपमा एसिड फिर्ता हुनु र छाती पोल्ने समस्याको सामना गर्नुपर्ने हुन्छ ।

यदि तपाईंले छाती पोल्ने समस्या लगातार सामना गर्नुपरिरहेको छ भने यसलाई ग्यास्ट्रो रिफ्लेक्स डिजिज भनिन्छ । यसमा पेटमा बन्ने एसिड एसोफेगस पाइपमार्फत् घाँटीमा आउँछ । यो त्यतिबेला हुन्छ जब एसोफेगस मुनी बनेको मांसपेशी बिग्रने र कमजोर हुने गर्छ ।

मसल्स ड्यामेज हुँदा एसोफेगर क्यान्सरको सम्भावना बढ्ने गर्छ । यो ड्यामेज सेल्स एउटा हार्ड ट्युमरको रुपमा फेरिने गर्छ जसका कारण पेटसँग सम्बन्धित समस्याको सामना गर्नुपर्ने हुनसक्छ ।

के भन्छ अनुसन्धान ?

क्यान्सर रिसर्च यूकेका अनुसार यदि एसोफेगस क्यान्सरको सुरुवाती लक्षणबारे पत्ता लगाउन सकियो भने बच्ने सम्भावना ४ गुणा बढ्न सक्छ । यसका साथै छाती पोल्ने समस्याको सामना गरिरहेका मानिसले पनि आफ्नो स्थितिमाथि निगरानी राख्न आवश्यक हुन्छ । यसका साथै उनीहरुलाई खानेकुरा निल्न समस्या त छैन वा छाती त दुखिरहेको छैन भन्ने पनि हेर्नुपर्ने हुन्छ ।

लगातार छाती पोल्नुका कारणः

एनएचएसका अनुसार थुप्रै कारणले छातीमा जलन हुनसक्छ, जस्तैः

– केही विशेष खाना वा पेय पदार्थ जस्तै कफी, गोलभेडा, चकलेट, स्पाइसी फूड

– तौल धेरै हुनु

– धुम्रपान

– गर्भावस्था

– स्ट्रेस र एङ्जाइटी

– केही विशेष औषधी

एसोफेगस क्यान्सरका लक्षणः

– थुक निल्न समस्या

– बिरामी जस्तो महसुस गर्नु

– छाती पोल्ने र एसिड एसोफेगसमा फिर्ता हुनु

– असाध्यै धेरै डकार आउनु विशेष गरी झुसिलो डकार

– लामो समयसम्म खोकी निको नहुनु

– आवाज फेरिनु

– भोक कम लाग्नु र अनावश्यक तौल कम हुनु

– घाँटी दुख्नु र छातीको बीचमा पीडा हुनु विशेषगरी केही निल्ने बेला

कसलाई हुन्छ एसोफेगस क्यान्सरको बढी खतराः

एसोफेगस क्यान्सर जसलाई पनि हुनसक्छ । तर केही मानिसमा यो क्यान्सर हुने सम्भावना बढी हुन्छ जस्तै ः

– ७५ वर्षभन्दा माथिका उमेर समूहहरुका लागि यो क्यान्सर हुने सम्भावना बढी नै हुन्छ ।

– यो क्यान्सर धेरैजसो पुरुषलाई हुन्छ ।

– धेरै मानिसहरु जो कुनै दीर्घ रोगद्वारा पीडित छन्, उनीहरुलाई पनि यो क्यान्सर हुने सम्भावना बढी रहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप