शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

बलिउडमा बुढा हुँदैनन् नायक : अभिनेत्री ३० वर्षकै उमेरमा आमाको भूमिकामा हुँदा अभिनेता कलेज स्टुडेन्ट

आइतबार, २२ जेठ २०७९, २१ : ३६
आइतबार, २२ जेठ २०७९

बलिउडका निर्देशक अभिनेतालाई बुढा मान्दैनन् । यही कारणले फिल्ममा अभिनेतासँग साथमा देखिने अभिनेतृ आधाभन्दा कम उमेरका हुन्छन् । अक्षय कुमारको नयाँ फिल्म ‘सम्राट पृथ्वीराज’ पछि पुनः यो मुद्दा बहसमा आएको छ । यो फिल्ममा अक्षयकुमारकी जोडी मानुषी छिल्लर छिन्, जसको उमेर अक्षयको उमेरभन्दा आधभन्दा अझ कम छ । अक्षयकुमार अहिले ५४ वर्षका भए भने मानुषी २५ । 

अभिनेता र अभिनेतृको उमेरमा यो अन्तर केबल अक्षयकुमारको फिल्ममा मात्र होइन । र यो बलिउडको लागि नयाँ पनि होइन । फिल्म ‘राधे’ मा ५५ वर्षका सलमान खान २८ वर्षकी दिशा पटानीसँग देखिँदैछन् । शाहरुख खानको ‘डियर जिन्दगी’ मा उनले आफ्नो छोरा आर्यन खानकी समकालीन आलिया भट्टसँग काम गरेका छन् । 

यो विषयमा अमिताभ बच्चन पनि अगाडि छन् । सन १९९९ मा प्रदर्शनमा आएको उनको चर्चित फिल्म ‘सूर्यवंशम’मा उनकी पत्नीको भूमिका गर्ने सौन्दर्या उनीभन्दा ३५ वर्ष सानी छिन् । यसैगरी सन् २०१६ मा प्रदर्शनमा आएको अजय देवगणको फिल्म ‘शिवाय’मा उनी आफूभन्दा २८ वर्ष सानी सयेशा सैगलसँग देखिएका छन् । 

अभिनेत्री ३० वर्षकै उमेरमा आमाको भूमिकामा, अभिनेता भने कलेज स्टुडेन्ट

बलिउडमा धेरैजसो नायिकाको करियर ४० वर्षको उमेर पुगेपछि ओरालो लाग्न थाल्छ । त्यसपछि तिनले काम पाउन छाड्छन् । काम पाइहाले पनि उनीहरुले आमा, भाउजु वा ठूली दिदीहरूको भूमिका पाउँछन् । जबकि ४५–५० वर्षका अभिनेता भने अझै कलेज विद्यार्थीको भूमिका निभाइरहेका हुन्छन् ।

सन् २००९ मा सार्वजनिक चर्चित फिल्म ‘थ्री इडियट्स’मा इन्जिनियरिङ विद्यार्थीको भूमिका गर्ने अमिर खान ४५ वर्षका थिए । त्यस्तै ‘मुन्ना भाई एमबीबीएस’ मा ४४ वर्षका सन्जय दत्तले पनि चिकित्सकीय डक्टरको भूमिका गरेका थिए । 

दोस्रोतर्फ सन् २०१२ मा अनुराग कश्यपको फिल्म ‘ग्याङ्स अफ वासेपुर’मा रिचा चड्डा आफूभन्दा ११ वर्ष जेठा नवाजुद्दीन सिद्दीकीकी आमाको भूमिकामा छिन् । केजीएफमा २७ वर्षकी अर्चना जोइस २८ वर्षका अभिनेता यशका आमा बनेकी छन् । 

निर्देशकले बनाए आमा, वास्तविक जीवनमा बने प्रेमि–प्रेमिका

सन् १९५७ मा प्रदर्शनमा आएको ‘मदर इण्डिया’ मा २८ वर्षकी नरगिस आफूभन्दा पाँच दिन कान्छो सुनिल दत्तकी आमाको भूमिका निभाएकी छन् । तर फिल्म सेटमै नरगिस र सुनीलबीच प्रेम बस्यो । 

यस्तोमा फिल्मका निर्देशक महबूब खानलाई दुई अभिनेता र अभिनेत्री बीचको प्रेमले फिल्मको आमा छोराको इमेजलाई प्रभावित बनाउने लाग्यो । त्यसैले खानले नरगिस र सुनीललाई केही समय तिनको सम्बन्ध बाहिर नल्याउन भनेका थिए । फिल्म प्रदर्शन भएपछि मात्र दुई जनाको विवाह भयो । 

ब्रिटिस फिल्म उद्योगमा विरोध
ब्रिटिस फिल्म उद्योगमा लैङगिक विभेदको स्थिति बलिउडभन्दा कम छ तर पनि त्यहाँ पछिल्लो समय यो विषयमा आवाज उठेको छ । केही दिनअघि मात्रै १०० जना अभिनेता र सार्वजनिक व्यक्तित्वले यस विषयमा एक वक्तव्य निकालेका थिए । जसमा फिल्म उद्योगमा बढी उमेरका अभिनेत्रीलाई पनि बराबरीको भूमिका दिन माग गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप