विभागको गल्ती, नागरिकलाई सास्ती
यायाताय व्यवस्था विभागको तथ्याङ्कअनुसार एक लाखको हाराहारीमा सवारी चालक अनुमतिपत्र छापेर दिन बाँकी छ । यहीबीच जेठ १६ गतेमात्र विभागमा परेका सवारी चालक अनुमतिपत्रका सात लाख ७२ हजार अनलाइन आवेदन रद्द गरियो।
विभागले यी सबै कामका लागि प्राविधिक समस्या देखाउने गरेको छ। पूर्वाधार र प्रविधि तयार नहुँदै र भएको प्रविधिको पनि पूर्ण क्षमतामा प्रयोग नगर्दा यातायात व्यवस्थामा अव्यवस्था नै बढी हुँदै आएको छ। यातायात व्यवस्थाको यस्तै अव्यवस्थामा कुँदिएको (इम्बोस्ड) प्लेट पनि पर्छ। विभागले सम्पूर्ण पूर्वाधार तयारै नगरी पाँच वर्षअघि वितरण सुरु गरेको थियो । त्यो पनि पूर्ण कार्यान्वयन हुन सकिरहेको छैन । विभागले सवारीसाधनको उच्च सुरक्षासहितको डिजिटल प्रणाली भन्दै २०७४ भदौ ५ देखि इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो। तर पूर्वाधार र तयारीबिना सुरु गरिएका कारण इम्बोस्ड नम्बर प्लेट अहिलेसम्म सर्वस्वीकार्य नै हुन सकेको छैन।
यसैबीच विभागले ०७८ जेठ २० गते सूचना प्रकाशित गरी बागमती प्रदेशअन्तर्गत एकान्तकुना, गुर्जुधारा र गण्डकी प्रदेशको पोखरामा दर्ता रहेका सम्पूर्ण सवारीसाधनमा असार मसान्तसम्म इम्बोस्ड बनाइसक्नुपर्ने अन्यथा कानुनी कारबाही हुने सूचना प्रकाशित गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत
-
कहिले होला सुदूरपश्चिम सरकारकाे बजेट पारित ?
-
६१ वर्षको उमेरमा आमिर खानले गरे तेस्रो विवाह
-
महोत्तरीमा करिब ४८७ किलो गाँजासहित दुईजना पक्राउ
-
जनकपुर उच्च अदालतमा दुई वर्ष पुराना मुद्दाको संख्या शून्य
-
प्रधानमन्त्री कार्यालय ‘ब्याक’, विशेष अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा राहदानी आपूर्ति प्रक्रिया अघि बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण