अपडेट : जाजरकोटको जुनीचाँदे जिप दुर्घटनामा ३ जनाको मृत्यु
जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर–५ स्थित बलेबनमा जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–६ घर भएकी ३४ वर्षीया कालिका शाही, २१ वर्षीय दर्शन शाही र वडा नम्बर–५ शिवपुरी घर भएकी ४० वर्षीया पुतला गिरी छन् ।
जुनीचाँदेको लुहादहबाट शिवपुरी जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४१ नम्बरको बोलेरो दुर्घटना हुँदा ४ जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याउन लागिएको कर्णाली प्रदेशका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए । सो बोलेर ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । बोलेर सडकबाट करिब ५० मिटर तल खसेको छ । ईप्रका गर्खाकोटबाट खटिएको टोलीले घाइतेहरुको उद्दार गरिरहेको छ ।
जिपमा ११ जना सवार थिए । दुर्घटनामा परेर जुनिचाँदे–६ बस्ने ८ वर्षीया नमुना सिंह, १४ वर्षीया सरिता शाही, १३ वर्षीया समिक्षा शाही, ३९ वर्षीय विष्णु बहादुर शाही, १३ वर्षीया विपना शाही र २० वर्षका लाल बहादुर बुढा घाइते भएका छन् । वडा नम्बर–५ का ३० वर्षीय नर बहादुर शाही र दैलेख घर भएका २५ वर्षीय टोपबहादुर थापा पनि घाइते छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण