अक्षयकुमारको ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा असफल
अभिनेता अक्षयकुमार र ‘मिस वर्ल्ड’ मानुषी छिल्लर अभिनित फिल्म ‘सम्राट पृथ्वीराज’ गत शुक्रबार रिलिज भएको हो । फिल्मले बक्स अफिसमा राम्रो ब्यवसाय गर्न भने सकेन । रिपोर्टका अनुसार फिल्म बक्स अफिसको हिसाबले यो वर्षको फ्लप साबित हुनसक्छ ।
फिल्मको प्रचार भने ब्यापक गरिएको थियो । फिल्म हेरेपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, गृहमन्त्री अमित शाह र संघ प्रमुख मोहन भागवतले सकारात्मक प्रतिक्रिया दिएका थिए । उत्तर प्रदेशमा फिल्मको करमुक्त गरिएको थियो ।
फिल्मले रिलिज अगाडि चर्चा ब्यापक पाएको थियो । तर व्यवसायिक छलाङ मार्न सकेन । यशराज फिल्मस्को ब्यानरमा बनेको यो फिल्म विभिन्न कारणले विवादमा परेको थियो । फिल्म असफल हुनुमा केही कारण रहेका छन् । तीमध्ये केही कारण करणी सेनाको माग पूरा गर्दै फिल्म पृथ्वीराजको अगाडि सम्राटलाई उभ्याउन र गुटखाको विज्ञापनमा अक्षय कुमार देखिनु हो ।
फिल्ममा अक्षय कुमारले सम्राट पृथ्वीराजको भूमिका निर्वाह गरेका थिए । फिल्म रिलिज हुनुअघि नै गुटखाको विज्ञापन गरेको भन्दै सामाजिक सञ्जालमा अक्षयको आलोचना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण