जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
सुर्खेतको जुनीचाँदे गाउँपालिका-५ गर्खाकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ९ जना यात्रुहरु घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने चार जनाको अवस्था समान्य रहेको जुनीचाँदे गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए । सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१च ०३४१ नम्बरको जिप वडा नं ५ को गर्खाकोट (वेलपुइना) भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिपमा ११ जना सवार थिए ।
घाइतेहरूको अवस्था गम्भीर रहेको हेलिकोप्टरको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई आग्रह गरिएकोसमेत प्रवक्ता नेपालीले बताए । यता प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले उद्धारका लागि गाडी पठाइसकिएको र आधा घण्टापछि हेलिकोप्टरसमेत घटनास्थलमा पुग्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा पुनः प्रयोगयोग्य रकेटको पहिलो परीक्षण उडान सफल
-
सगरमाथा वृक्षरोपण अभियान : पर्वतमा दुई हजारभन्दा बढी बिरुवा रोपियो
-
बेल्बासे वंश समाजमा नयाँ नेतृत्व
-
गण्डकी प्रदेशमा राइड सेयरिङको दर्ता खुल्यो, ३० दिनभित्र गर्न सरकारी सूचना
-
नेपाली साहित्य नारीरत्न : गीताकेशरी
-
कर्णाली राजमार्गको साङ्गेतडा दुर्घटनाका चालक सुवेदीको शव ९ दिनपछि भेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण