रुकुम पश्चिमको जिससमा माओवादी केन्द्रको प्यानल निर्विरोध
६ पालिका रहेको रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्रका) ले चार ठाउँमा जितेको छ । दुई ठाउँमा कांग्रेसले जित हात पारेको छ । बहुमत जितेको माओवादी जिल्ला समन्वय समितिमा समेत एकलौटी गरेको छ । प्रमुखमा लुम्बिनी गौतमसहित माओवादी केन्द्रको सिंगो प्यानल निर्विरोध निर्वाचित भएको छ । जिसस प्रमुखमा निर्वाचित गौतम अर्थमन्त्री जनार्दन शर्माकी बहिनी हुन् ।
उनी माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्ष विमला केसीकी नन्द हुन् भने उनका श्रीमान गोरखबहादुर केसी आठबिसकोट नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन् ।
माओवादी केन्द्रको एकल जिल्ला समन्वय समिति बन्ने रुकुममा माओवादीका प्रभावशाली नेताहरुले नै आफन्तलाई प्रमुखको टिकट दिलाउँदै निर्विरोध चयन गर्न भूमिका खेलेका हुन । अन्य दलले जिससमा उम्मेदवारी नदिएका कारण उनीहरु निर्विरोध निर्वाचित भएका हुन् तर घोषणा हुन भने बाँकी रहेको छ । चुनाव ३१ गते तोकिएको छ ।
माओवादी केन्द्रले उपप्रमुखमा देववहादुर कामीलाई उम्मेदवार बनाएको छ । खुला सदस्य तर्फ देउभान ओली, कृष्णबहादुर ऐरी र रामकुमार गौतम, महिला सदस्यमा गीताकुमारी केसी, शारदा दमाई र गीता नेपाली तथा दलित तथा अल्पसंख्यकबाट मीना बिकको उम्मेदवारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी नाकाबन्दीविरुद्ध समर्थन गर्न विश्व समुदायलाई क्युबाको अपिल
-
कलाकार शारदा गिरी ‘काली बुढी’लाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ दिइने
-
अभिषेक गिरीले कसरी जोडे जताततै घरजग्गा ?
-
सुन प्रतितोला ९ सय रुपैयाँ घट्यो, चाँदी ५५ रुपैयाँ सस्तो
-
टी–२० क्रिकेटमा भारतको रनका आधारमा इतिहासकै सबैभन्दा ठुलो हार
-
फुटबल, साना देश, साँघुरो सोच र सामाजिक रूपान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण