रेसुङ्गा क्याम्पसको अध्यक्षमा श्रीप्रसाद भलामी निर्वाचित
गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा श्रीप्रसाद भलामी निर्वाचित भएका छन् । शनिवार सम्पन्न सो क्याम्पसको ३७ औं क्याम्पस सभा निर्वाचनबाट भलामी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा धर्म बिश्वकर्मा, कोषाध्यक्षमा दुर्गाचन्द्र बोहरा पनि सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता बिष्णु प्रसाद बरालले जानकारी दिए । उनका अनुसार क्याम्पस सभाबाट छविलाल पन्थी, पार्वती थापा , हरिकुमार श्रेष्ठ, गोपालप्रसाद भुसाल, पुर्णबहादुर खत्री, दुर्गाप्रसाद पाण्डे, यज्ञप्रसाद पन्थी, ठाकुर पाण्डे र हरिप्रसाद न्यौपाने सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् ।
१९ सदस्यीय क्याम्पस सञ्चालक समिति रहने प्रावधान रहेको र जस मध्ये ११ जना निर्वाचित भएको, एक जना निर्वाचित समितिको पहिलो बैठकबाट मनोनयन गरिएको र बाँकी विभिन्न क्षेत्रबाट मनोनयन गरिने समितिका सदस्य सचिव समेत रहेका क्याम्पस प्रमुख हरिबहादुर खत्रीले जानकारी दिए ।
यस अघि २०७६ असार २५ गते देखि शनिवारसम्म राजेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा सञ्चालक समिति क्रियाशिल थियो । क्याम्पस सभामा रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू तथा समाजसेवीहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण