शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रेसुङ्गा क्याम्पसको अध्यक्षमा श्रीप्रसाद भलामी निर्वाचित

आइतबार, २९ जेठ २०७९, ०७ : ५३
आइतबार, २९ जेठ २०७९

गुल्मीको रेसुङ्गा  बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा  श्रीप्रसाद भलामी निर्वाचित भएका छन् । शनिवार सम्पन्न सो क्याम्पसको ३७ औं क्याम्पस सभा निर्वाचनबाट भलामी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।  

समितिको उपाध्यक्षमा धर्म बिश्वकर्मा, कोषाध्यक्षमा दुर्गाचन्द्र बोहरा  पनि सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता बिष्णु प्रसाद बरालले जानकारी दिए ।  उनका अनुसार क्याम्पस सभाबाट छविलाल पन्थी, पार्वती थापा , हरिकुमार श्रेष्ठ, गोपालप्रसाद भुसाल, पुर्णबहादुर खत्री, दुर्गाप्रसाद पाण्डे, यज्ञप्रसाद पन्थी, ठाकुर पाण्डे र हरिप्रसाद न्यौपाने सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् । 

१९ सदस्यीय क्याम्पस सञ्चालक समिति  रहने प्रावधान रहेको र जस मध्ये  ११ जना निर्वाचित भएको, एक जना निर्वाचित समितिको पहिलो बैठकबाट मनोनयन गरिएको  र बाँकी विभिन्न क्षेत्रबाट मनोनयन  गरिने समितिका सदस्य सचिव समेत रहेका  क्याम्पस प्रमुख हरिबहादुर खत्रीले जानकारी दिए । 

यस अघि २०७६ असार २५ गते देखि शनिवारसम्म राजेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा सञ्चालक समिति क्रियाशिल थियो ।  क्याम्पस सभामा रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू तथा समाजसेवीहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप