बक्स अफिसमा तहल्का मच्चाउँदै ‘जुरासिक वर्ल्ड डोमिनियन’
सोमबार, ३० जेठ २०७९, २१ : १६
चर्चित अमेरिकी अभिनेता क्रिस प्राटको हलिउड फिल्म ‘जुरासिक वर्ल्ड डोमिनियन’ ले विश्वव्यापी बक्स अफिसमा धमाका मच्चाएको छ । फिल्मले ४ दिनमा विश्वव्यापी बक्स अफिसमा ४ हजार २८८ करोड रुपैयाँभन्दा बढीको कलेक्सन गरेको छ ।
यति मात्र होइन, २ हजार ५४ करोड रुपैयाँको ठूलो बजेटमा बनेको यो फिल्मले भारतबाट नै अहिलेसम्म ४५ करोड भारुभन्दा बढी कमाइसकेको छ । रिपोर्टका अनुसार ‘जुरासिक वर्ल्ड डोमिनियन’ भारतमा १५०० स्क्रिनमा रिलिज भएको छ । फिल्मले भारतबाट ४ दिनमा ४४.५५ करोड भारु कमाएको छ । फिल्म जुन ९ मा विश्वभर रिलिज भएको थियो । सन् १९९४ देखि चल्दै आएको ‘जुरासिक पार्क’ फ्रेन्चाइजलाई फ्यानहरूले अझै रुचाइरहेको फिल्मको व्यापारले देखाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण