कपिलवस्तुमा ८ बजेबाट मतगणना: मतगणनास्थलमा तारजाली नलगाइने
कपिलवस्तु – कपिलबस्तुमा बिहान ८ बजेदेखि मतगणना सुरु हुने भएको छ । आज बसेको सर्वदलीय वैठकले बिहान मतगणना गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा सदस्यका ३ र प्रदेशसभाका ६ क्षेत्र रहेको कपिलबस्तुमा मतगणना सदरमुकाम तौलिहवाका २ छुट्टाछुट्टै बिद्यालयमा गरिने छ ।
जिल्ला निर्वाचन अधिकृत घिमिरेका अनुसार निर्वाचन क्षेत्र नंम्बर १ र ३ को बुद्ध पद्म माबि र क्षेत्र नंम्बर २ को तौलेश्वर संस्कृत माबिमा गणना गरिनेछ । यसपटकको मतगणना गर्दा सिसिटिभी जडान गरिने भएको छ ।
निर्वाचन क्षेत्र नं. १ को मतगणना ४ वटा कोठामा गरिने छ । यस्तै क्षेत्र नं. २ को ३ वटा कोठा र ३ को पनि ३ वटा कोठामा गणना गरिने छ । प्रत्येक कोठामा सिसिटिभी क्यामेरा जडान गरिएको छ । प्रत्येक कोठामा ७ जना कर्मचारी ८ घण्टा काम गर्ने समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कतिपय जिल्लामा मतगणनाको तयारीमा तारजाली लगाउने क्रम शुरु भएका बेला कपिलबस्तुमा भने तारजाली नराखी गणना गरिन लागेको हो ।
यहाँ ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अधिकृत ज्ञानहरी घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘च्याटजिपिटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण