बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा ८ बजेबाट मतगणना: मतगणनास्थलमा तारजाली नलगाइने

शुक्रबार, २२ मङ्सिर २०७४, ०८ : १७
शुक्रबार, २२ मङ्सिर २०७४

कपिलवस्तु – कपिलबस्तुमा बिहान ८ बजेदेखि मतगणना सुरु हुने भएको छ । आज बसेको सर्वदलीय वैठकले बिहान मतगणना गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा सदस्यका ३ र प्रदेशसभाका ६ क्षेत्र रहेको कपिलबस्तुमा मतगणना सदरमुकाम तौलिहवाका २ छुट्टाछुट्टै बिद्यालयमा गरिने छ ।

जिल्ला निर्वाचन अधिकृत घिमिरेका अनुसार निर्वाचन क्षेत्र नंम्बर १ र ३ को बुद्ध पद्म माबि र क्षेत्र नंम्बर २ को तौलेश्वर संस्कृत माबिमा गणना गरिनेछ । यसपटकको मतगणना गर्दा सिसिटिभी जडान गरिने भएको छ ।

निर्वाचन क्षेत्र नं. १ को मतगणना ४ वटा कोठामा गरिने छ । यस्तै क्षेत्र नं. २ को ३ वटा कोठा र ३ को पनि ३ वटा कोठामा गणना गरिने छ । प्रत्येक कोठामा सिसिटिभी क्यामेरा जडान गरिएको छ । प्रत्येक कोठामा ७ जना कर्मचारी ८ घण्टा काम गर्ने समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कतिपय जिल्लामा मतगणनाको तयारीमा तारजाली लगाउने क्रम शुरु भएका बेला कपिलबस्तुमा भने तारजाली नराखी गणना गरिन लागेको हो ।

यहाँ ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अधिकृत ज्ञानहरी घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप