पुलबाट मिनी ट्रिपर खस्दा चालकको मृत्यु
बिहीबार, ०२ असार २०७९, ०९ : १९
तनहुँको आबुखैरेनी गाउँपालिका–४, पावर हाउसस्थित रुवाखोलाको पुलबाट बिहीबार बिहान मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग१क ४४६९ नम्बरको ट्रिपर बिहान साढे ४ बजे अनियन्त्रित भई पुलबाट अन्दाजी २० मिटर तल खोलामा खसेको हो ।
दुर्घटनामा मिनी ट्रिपरका चालक तनहुँकै म्याग्दे गाउँपालिका–६ मनपाङका ४७ वर्षीय राम बहादुर दमाईको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको भरतपुरस्थित मेडिकल कलेज भरतपुरमा बिहान सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण