प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।
बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले 'सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९' र 'बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९' पेस गर्ने सम्भावित कार्यसूची छ।
यस्तै, गृहमन्त्री बालकृष्ण खाणले 'सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, त्यसपछि विधेयक प्रस्तुत गर्ने, 'तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
गृहमन्त्रीले नै 'नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९' लाई प्रस्तुत गर्ने कार्यसूची छ।
संसदमा आर्थिक विधेयक २०७९ माथि भने ६ असारदेखि दफावार छलफल हुने भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्तावलाई प्रस्तुत गरेका थिए ।
सो प्रस्तावलाई स्वीकृत गरेपछि सो विधेयकमाथि ६ असार सोमबारदेखि दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले मिति तोकेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण