कर्णालीमा पहिलो पटक काँक्रेविहार खुल्ला हाफ म्याराथन दौड प्रतियोगिता हुँदै
कर्णालीमा पहिलो पटक प्रथम काँक्रेविहार खुल्ला हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । यही असार ७ गते अन्तराष्ट्रिय ओलम्पिक डे को अवसर पारेर उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
खेलकुद विकास परिषद् कर्णाली प्रदेशको समन्वयमा ‘मिड वेस्टर्न फिटनेस सेन्टर’ को आयोजनामा प्रतियोगिताको आयोजना गर्न लागिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले जानकारी दिए ।
प्रतियोगितामा एक हजार खेलाडीको सहभागिता रहनेछ,’उनले भने,‘ प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने प्रतियोगिताका लागि खुल्ला हाफ म्याराथनमा २१ किलोमिटर दौड हुनेछ । विद्यालय स्तरको छात्रछात्रा तर्फको म्याराथनमा भने ५ किलोमिटर दौड प्रतियोगिता हुने छ ।’
राजधानीको वीरेन्द्रचौकबाट सुरु हुने दौड मंगलगढी चौक हुँदै सुब्बाकुना, बुलबुले, बाङ्गेसिमल, खोर्केखोला हुँदै पुनः वीरेन्द्रचौकमै पुगेर सम्पन्न हुनेछ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । हमालका अनुसार खुल्ला पुरुषतर्फको दौडमा पहिलो हुनेलाई ७१ हजार, दोस्रोलाई ४१ हजार, तोस्रोलाई ३१ हजार, चौथोलाई २० हजार, पाचौंलाई १५ हजार र छैठौं स्थान हासिल गर्ने खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
यस्तै विद्यालय स्तरको म्याराथन प्रतियोगितामा पहिलोलाई १० हजार, दोस्रोलाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार नगद पुरस्कार दिइने बताइएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्याले कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको पूर्वतयारी गरिरहेको बताए । उनले भने,‘ त्यसैका लागि अहिले विभिन्न अभ्यास र प्रतियोगिताहरु गर्न लागिएको हो । अहिले भौतिक पूर्वाधारको तयारी तीव्र रुपमा भइरहेको छ । यो म्याराथन प्रतियोगिताले पनि कर्णाली खेलकुदको विकासमा दौडिरहेको सन्देश दिनेछ।’ ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पर्यटकीयस्थल काँक्रेविहारको नामबाट प्रतियोगिता आयोजना गर्न लागिएको हो।
जसले काँक्रेविहारको प्रचार हुने, कर्णालीमा खेल पर्यटनको प्रवर्द्धन हुने र लुकेर रहेको प्रतिभा प्रस्फुटन हुने अपेक्षा गरिएको छ। प्रतियोगिता सञ्चालनका लागि ५० जना निर्णायक रहनेछन्। प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद विकास परिषद्ले ६ लाख रुपैयाँ उपलब्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण