रुपन्देही जिससमा काँग्रेसको नेतृत्व विजयी
जिल्ला समन्वय समिति रुपन्देहीको आज सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार उमाकान्त चपाईँ २० मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नरबहादुर घर्तीमगरले १२ मत प्राप्त गरेका छन् ।
जिल्लामा १६ पालिकाका ३२ मत भार रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका रामकृपाल धोबी १६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पवित्रादेवी श्रेष्ठले १५ मत पाएका छन् ।
यस्तै महिला सदस्यमा नेपाली कांग्रेसका विष्णुमाया सुवेदी जयसवाल, दलित वा अल्पसङ्ख्यकमा काँग्रेसका राजमनप्रसाद हरिजन, सदस्यमा काँग्रेसकै अब्दुल मोकिम मुसलमान, ऋषिराम बस्याल र लोसपाका मुकेशकुमार पाण्डे विजयी भएका छन् ।
यस्तै नेकपा (माओवादी केन्द्र) का मञ्जु परियार र लोसपाका बुधनी चमार विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण