बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मधेसी आयोगका अध्यक्षद्वारा नेपाल-भारत सीमाको निरीक्षण

शनिबार, ०४ असार २०७९, १९ : ४१
शनिबार, ०४ असार २०७९

मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा रहेको मर्यादपुर स्थित  नेपाल-भारत सीमाको निरीक्षण गरेका छन् । अध्यक्ष डा.दत्तले त्यहाँका स्थानीय बासिन्दाहरूसँग त्यहाँ रहेका समस्याहरूको बारेमा समेत जानकारी लिएका छन् । 

निरीक्षणको क्रममा अध्यक्ष डा.दत्तलाई स्थानीय बासिन्दाहरूले मलको समस्या मुख्य रहेको बताएका छन् । सो निरीक्षणमा यशोधारा गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्षहरू, सुरक्षाकर्मी लगायतले अध्यक्ष डा.दत्तलाई समग्र वस्तुस्थितिको बारेमा जानकारी गराएका छन् । अध्यक्ष डा.दत्तले सीमामा जनतालाई समस्या हुन नदिन तथा गलत क्रियाकलापमा रोक लगाउन स्थानीय सुरक्षा निकायलाई निर्देशन दिए ।सो निरीक्षणमा आयोगको सदस्य विजय गुप्ताको पनि उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप