ढुंगा खसालेर बालकको ज्यान लिएको आरोप लागेका डोजर चालक पक्राउ
गुल्मीमा सडक खन्ने क्रममा ढुंगा खसालेर बालकको ज्यान लिएको आरोप लागेका डोजर चालक पक्राउ परेका छन् । केहि दिनअघि स्कुल जाँदै गरेका एक बालकलाई ठक्कर दिएर फरार रहेका डोजर चालक रेसुङ्गा नगरपालिका–१२ उर्लेनीका शेरबहादुर विक पक्राउ परेका हुन् ।
असार २६ गते विहान साढे ९ बजे मुसिकोट नगरपालिका–३, स्थित धारापानी मैदान सडक खण्डमा बा २ क ९४६७ नम्वरको जेसिबीले सडक खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर स्कुल जाँदै गरेका मुसिकोट–२ का १४ बर्षीया बालक गगन रायमाझीको मृत्यु भएको थियो ।
सोही दिन जेसिबी छाडेर बेपत्ता भएका चालक बिकलाई सोही टोलको छापा भन्ने स्थानबाट शनिवार दिउँसो पक्राउ गरिएको जल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए ।
अनुसन्धानका क्रममा निजको सवारी चालक अनुमति पत्र समेत नभएको पाइएको प्रहरीले जनाएको छ । जेसिबीले खसालेको ढुङ्गाले लागेर गम्भीर घाइते भएका बालक रायमाझीको जिल्ला अस्पतालमा थप उपचारका क्रममा मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण