रुपन्देहीमा मोटरसाइकल दुर्घटना, भारतीय नागरिकको मृत्यु
आइतबार, ०५ असार २०७९, ११ : २४
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ मा गएराती मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार भारतीय नागरिक ३० वर्षीय उज्जल सिंह रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज अफ साइन्स भैरहवामा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक २१ वर्षीय सिराज अहमद मुसलमानको सोही अस्पतालमा उपचार भइरहेको छ ।
भारतीय नम्बरको मोटरसाइकल गएराती १० बजे अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण