टिपरको ठक्करबाट कपिलवस्तुमा साइकलयात्रीको मृत्यु
आइतबार, ०५ असार २०७९, २० : २७
कपिलवस्तुको तौलिहवामा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । आइतबार मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–३ भिक्षुचोकका ४० वर्षीय फुलचन्द गुप्ता रहेका छन् ।
टिपरको ठक्करबाट गम्भीर घाइते गुप्ताको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भैरहवाबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ क ०३०९ नम्बरको टिपरले गुप्ता सवार साइकललाई ठक्कर दिएको हो । टिपर चालकलाई वडा प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण