विद्यालय आएका शिक्षकको मापसे जाँच
सोमबार, ०६ असार २०७९, ०६ : ४७
आइतबार विद्यालय समयमा गुल्मीको एक विद्यालयका शिक्षकले अन्य शिक्षकहरू सँग हो–हल्ला गरेपछि उनलाई प्रहरी बोलाएर मापसे जाँच गराइएको छ । धुर्कोट गाउँपालिका–४ , जैसीथोकस्थित पञ्चायन माध्यमिक विद्यालयका शिक्षक खिमहाहदुर महतलाई वस्तु प्रहरी चौकीका प्रहरीहरू बोलाएर मापसे जाँच गराइएको हो ।
विद्यालय आउन साथ हाजिर रजिस्टर हेर्दै आफूलाई मर्यादा क्रममा किन तल राखेको भन्दै त्यहाँ उपस्थित दुई तीन जना शिक्षक सँग झगडा गर्न थाले पछि मदिरा सेवनको शङ्का लागेर प्रहरीको शब्दमा मापसे चेक गर्न पठाइएको त्यस विद्यालयले जनाएको छ ।
प्रहरीका अनुसार शिक्षकको रिपोर्टमा मापसे देखिएको छ । विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र पन्थी मापसेको रिपोर्ट आफूलाई प्राप्त नभएको र यसबारे सोमबार छलफल हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण