बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा बुटवलमा प्रदर्शन

सोमबार, ०६ असार २०७९, ११ : ४८
सोमबार, ०६ असार २०७९

नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध बुटवलमा आन्दोलन गरेको छ। सोमबार बुटवल बहुमुखी क्याम्पस अगाडि विद्यार्थीहरुले प्रदर्शन गर्दै मूल्यवृद्धिको विरोध गरेका हुन् । 

अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले सरकारले जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको भन्दै आन्दोलन जारी रहने बताए । उनले थप आन्दोलनका कार्यक्रम तय गर्ने पनि बताए ।

सरकारले गएरातिदेखि लागू हुनेगरी पेट्रोलको प्रतिलितर १९ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँले वृद्धि गरेको छ। खाना  पकाउने एलपीजी ग्यासको मूल्य भने पुरानै यथावत रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप