बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा  एक युवकको मृत्यु

सोमबार, ०६ असार २०७९, १८ : ३०
सोमबार, ०६ असार २०७९

रूपन्देहीको तिलोत्तमामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु ८३ प ९८४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कपिलवस्तु महाराजगन्ज ९ का २४ वर्षीय बसन्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका बुटवलका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडक  डिभाइडरमा ठक्कर खाँदा दुर्घटनामा परेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको  हो । मृतकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप