सलमानको फिल्ममा रामचरणको इन्ट्री
बलिउडका सुपरस्टार सलमान खानको मुख्य भूमिका रहने फिल्म ‘कभी इद कभी दिवाली’ लगातार चर्चामा रहन सफल छ । फिल्मसँग जोडिएर हरेक समय नयाँ नयाँ समाचार सार्वजनिक हुने गर्दछ ।
अहिले फिल्ममा साउथ सुपरस्टार रामचरण भित्रिएको समाचार बाहिर आएको छ । फिल्मको केमियोमा उनी देखिनेछन् । फरहान सम्जी निर्देशक रहेको फिल्ममा पूजा हेगडे, शहनाज गिल, वेन्कटेश, जस्सी गिल, पलक तिवारी र राधव जुयालको अभिनय रहनेछ ।
फिल्मको अहिले हैदरवादमा सुटिङ चलिरहेको छ । २५ दिनको सेड्युल बनाएका सलमानले त्यहाँ एउटा भव्य गीत समेत छायाँकन गर्नेछन् । जसमा रामचरण केमियो भुमिकामा देखिने छन् । समाचारका अनुसार सलमानले रामचरणसँग हैदराबादमा भेटेका थिए । भेटमै फिल्मको अफर दिएको बताइन्छ ।
सलमानको रामचरण र उनका बुबा चिरञ्जिबीसँग राम्रो सम्बन्ध रहेको छ । चिरञ्जिबीको नयाँ फिल्म ‘गड फादरमा’ सलमान पनि छोटो भूमिकामा देखिदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई–स्पोर्ट्सका च्याम्पियन
-
तीन दिनदेखि हराइरहेका १० वर्षीय बालक जङ्गलमा मृत फेला, हत्याको आशङ्का
-
कांग्रेसको आन्तरिक विवाद मिलाउन नेता फेरिएको फेरियै, उपलब्धि शून्य
-
चुनावी हारपछि मनिष झाले भने, ‘टीके प्रथा नहोस् भनेर प्रयास गरेको थिएँ, सफल भएँ’
-
सरकार गठनपछि मात्रै ३०० अंकले घट्यो सेयर बजार, ५ खर्बको सम्पत्ति ‘स्वाहा’
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण