‘डन ३’ को तयारी सुरु, शाहरुख र अमिताभसँगै देखिन सक्ने
बलिउडको चर्चित फिल्म ‘डन’ को तेस्रो पार्ट बन्ने भएको छ । मिडिया रिपोर्टका अनुसार यो फिल्ममा अमिताभ बच्चन र शाहरुख खान सँगै देखिन सक्नेछन् । फरहान अख्तरको कम्पनी एक्सेल इन्टरटेनमेन्टले यसको सिक्वेल बनाउने योजना बनाएको छ । यससँगै फरहानले स्क्रिप्टमा पनि काम गर्न थालेका छन् ।
फिल्मसँग नजिक रहेको स्रोतले भन्यो, ‘डन एक्सेलमा सबैको नजिकको विषय हो । टोलीले केही समयदेखि ‘डन ३’ बारे सोचिरहेको थियो तर राम्रो स्क्रिप्ट नहुँदा पटक–पटक छाड्दै आएको थियो । तर अब टोलीले अन्ततः एउटा विषय फेला पारेको छ जुन रोमाञ्चक छ र फ्रान्चाइजलाई अर्को स्तरमा लैजानेछ।’
स्रोत भन्छ, ‘फरहानले फिल्मको स्क्रिप्ट लेख्न थालिसकेका छन् । पटकथा लक भएपछि उनले शाहरुखलाई कथा सुनाउनेछन् । यस पटक फिल्ममा रणवीर सिंह पनि निर्माताको सूचीमा छन्, तर उनी यसमा अमिताभ र शाहरुखलाई हेर्न चाहन्छन्।’
चन्द्र बारोट निर्देशित एक्सन थ्रिलर फिल्म ‘डन’ सन् १९७८ मा रिलिज भएको थियो । यस फिल्ममा बिग बी बाहेक जीनत अमान, प्राण र इफ्तेखारको महत्त्वपूर्ण भूमिका थियो । यस फिल्मको कथा एक मोस्ट वान्टेड डनको वरिपरि घुमेको छ, जसको भूमिका अमिताभ बच्चनले गरेका थिए । यसमा उनी दोहोरो भूमिकामा थिए । चन्द्र बारोट र नरिमन इरानीभन्दा पहिले, कोही पनि सलीम-जावेदबाट डनको स्क्रिप्ट किन्न तयार थिएनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई–स्पोर्ट्सका च्याम्पियन
-
तीन दिनदेखि हराइरहेका १० वर्षीय बालक जङ्गलमा मृत फेला, हत्याको आशङ्का
-
कांग्रेसको आन्तरिक विवाद मिलाउन नेता फेरिएको फेरियै, उपलब्धि शून्य
-
चुनावी हारपछि मनिष झाले भने, ‘टीके प्रथा नहोस् भनेर प्रयास गरेको थिएँ, सफल भएँ’
-
सरकार गठनपछि मात्रै ३०० अंकले घट्यो सेयर बजार, ५ खर्बको सम्पत्ति ‘स्वाहा’
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण