५ बलिउड अभिनेत्री, जो साउथमा असफल भए
साउथबाट बलिउड भित्रिने थुप्रै अभिनेत्री छन् । उनीहरुले बलिउडमा राम्रो पहिचान बनाएको देख्न सकिन्छ । त्यसो त बलिउडबाट साउथ इन्डियन फिल्म क्षेत्रमा प्रवेश गरेका पनि थुप्रै अभिनेत्री देख्न सकिन्छ । तर साउथमा सफल भएको कमै उदाहरण छन् । यी हुन् साउथमा करियर बनाउन असफल ५ बलिउड अभिनेत्री ।
बिपाशा - बिपाशा बसुले २००१ मा फिल्म ‘अजनबी’ को नेगेटिभ भुमिका मार्फत अभिनय करियर सुरु गरेकी हुन् । त्यसपछि २००२ मा उनले ‘राज’ अभिनय गरिन् । दुबै फिल्मको सफलतापछि २००२ मै उनले साउथ फिल्म ‘टक्करि दाग’ अभिनेता महेश बाबुको साथ अभिनय गरेकी थिइन् । यो फिल्म असफल सावित भयो ।
अमृता - २००२ मा फिल्म ‘अब के बरस’ बाट अभिनय करियर सुरु गरेकी अमृता रावले त्यसपछि ‘इश्क विश्क’, ‘मै हुँ न’ जस्ता फिल्म दिएकी थिइन् । २००७ मा उनले तेलुगू फिल्म ‘अथिदी’ अभिनय गरिन् । महेशबाुबको जोडीको रुपमा फिल्म अभिनय गरेकी उनको यो फिल्म असफल सावित भएको थियो ।
आयशा- २००४ मा निर्माण भएको फिल्म ‘टारजन द वन्डर कार’ बाट बलिउड डेब्यु गरेकी आयशा टाकियाले डेब्यु फिल्मबाटै बलिउडमा अवार्ड उचाल्न सफल भएकी थिइन् । २००५ मा नागार्जुनसँग ‘अक्किनेनी’ र त्यसपछि ‘रोबरी’ नामक साउथ फिल्म अभिनय गरेकी उनले राम्रो प्रतिक्रिया नपाएपछि साउथबाट टाढा भइन् ।
मनिषा - मनिषा कोइरालाले १९८९ मा बलिउड अभिनयमा डेब्यु गरेकी थिइन् । ‘सौदागर’, ‘१९९४ ः ए लव स्टोरी’ लगायत कयौ हिट फिल्म दिएकी उनले १९९६ मा नागार्जुन र राम्या कृष्णका साथ ‘क्रिमनल’ नाम साउथ फिल्म अभिनय गरेकी थिइन् । त्यसपछि पनि दुई साउथ फिल्म अभिनय गरेकी उनले साउथमा सफलता भने प्राप्त गर्न सकिनन् ।
ट्वीङ्कल - ट्वीङ्कल खन्नाले बलिउड करियरको सुरुवात ‘बरसात’ बाट गरेकी थिइन् । यो फिल्मबाट अवार्ड समेत हात पार्न सफल उनले जति बलिउड फिल्म अभिनय गरिन् धेरै असफल भए । १९९९ मा साउथ फिल्म ‘सीनु’ अभिनय गरेकी उनले यो फिल्मको असफलतापछि साउथ अभिनय छोडिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न
-
लागुऔषधविरुद्ध झापा प्रहरीको ‘स्वीप अपरेसन’
-
यी हुन् रास्वपाका निर्वाचित ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य (सूचीसहित)
-
१० बजे १० समाचार : भद्रगोल व्यवस्थापनकैबिच सकियाे रास्वपा महाधिवेशन, विवाद मिलाउन नेता फेरिएको फेरियै
-
ब्रिटिस काउन्सिलद्वारा अर्बिट मेडिकल इन्ट्रान्सलाई ‘प्लाटिनम पाटर्नर अवार्ड’ प्रदान
-
सूर्यविनायकमा बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण