बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तु क्षेत्र नं. १ र २ मा गठबन्धन,३ मा काङ्ग्रेसको अग्रता

शुक्रबार, २२ मङ्सिर २०७४, १९ : २९
शुक्रबार, २२ मङ्सिर २०७४

कपिलवस्तु । कपिलवस्तुका तीन वटा प्रतिनिधिसभा मध्य क्षेत्र नं.१ र २ मा बाम गठबन्धनले अग्रता लिएको छ भने ३ मा नेपाली काग्रेसका अभिशेक प्रताव शाहाले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नं.१ मा ४ हजार २ सय १८ मत गणना हुदा नेपाली काङ्ग्रेसका दीपकुमार उपाध्यायले १ हजार ४ सय ८३ मत प्राप्त गरेका छन् भने गठबन्धनका चक्रपाणि खनाल (बलदेव) ले २ हजार २ सय १९ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।
त्यस्तै क्षेत्र नं.२ मा ६ हजार ७ सय ३४ मत गणना हुदा नेपाली काङ्ग्रेसका सुरेन्द्रराज आचार्यले २ हजार २ सय २३ मत  प्राप्त गरेका छन् भने गठबन्धनका वृजेश कुमार गुप्ताले  ३ हजार ४ सय ५० मत प्राप्त गरेका छन ।
प्रतिनिधिसभा क्षेत्र नं ३ मा भने नेपाली काङ्ग्रेसका अभिसेक प्रताव शाहले अग्रता लिएका छन् । ५ हजार ६ सय ४ मत गणना हुँदा उनले १ हजार ९ सय ४९ मत प्राप्त गर्नुभएको छ भने संघीय समाजवादी फोरमका मंगल प्रसाद गुप्ताले १ हजार ४ सय ५ मत प्राप्त गर्दै शाहालाई पछ्याइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप