हाइटेन्सन मुनिको खाली जग्गामा ‘ईको पार्क’
हाइटेन्सन मुनिको खाली जग्गालाई सदुपयोग गर्र्दै निजगढमा २ वटा सामुदायिक वनले ‘ईको पार्क’ निर्माण गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने र सामुदायिक वनको आम्दानी बढाउने उद्देश्यले बाराको निजगढस्थित जनहित र जनसिर्जनशील सामुदायिक वनले ‘ईको पार्क’ निर्माण गरेका हुन् ।
मधेस प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ‘हाईटेन्सन लाईन मुनि ईको पार्क निर्माण’ कार्यक्रम अन्तर्गत २०÷२० लाख रुपैयाँको लागतमा डिभिजन वन कार्यालय बाराले २ वटा सामुदायिक वनमा सो पार्क निर्माण गरेको हो ।
हेटौंडा—ढल्केवर ४ सय केभी प्रसारण लाइन कै तल खाली जग्गामा सो पार्क निर्माण गरिएको डिभिजन वन कार्यालय बाराले जनाएको छ । जनहित सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष चन्द्रिका कुमारी मगरले सहरतर्फ मानवीय चाप बढ्दै गएकाले भविष्यमा खाली जग्गा अतिक्रमण हुनसक्ने भएकाले ईको पार्क निर्माण गरिएको बताइन् ।
‘४ सय केभी प्रसारण लाइनभित्र फडानी भएको जग्गाको सदुपयोग र भविष्यमा हुनसक्ने अतिक्रमण रोक्न हामीले ईको पार्क बनाएका हौं,’ अध्यक्ष मगरले भनिन्, ‘ईको पार्क भोलिका दिनमा सामुदायिक वनलाई आम्दानीको स्रोतको रुपमा प्रयोग गर्न पनि सकिन्छ ।’
सहरी क्षेत्रका अधिकांश हाईटेन्सन लाईन मुनिका सार्वजनिक जग्गाहरु अतिक्रमण भएर मानवीय बस्ती बसेको भन्दै त्यसरी भविष्यमा अतिक्रमण नहोस् भनेर आफूहरुले ईको पार्क बनाएको उनको भनाइ छ ।
‘हाइटेन्सन मुनि अन्य ठाँउमा पनि पर्याप्त खाली जग्गा छ, त्यसलाई सदुपयोग गरेर वन्यजन्तु पाल्ने चिडियाखाना बनाउने हाम्रो योजना छ,’ उनले भनिन्, ‘सहरको भिडभाडमा बस्दा दिक्क लाग्नेहरुका लागि एकान्त र मन शान्त पार्न उपयुक्त छ ईको पार्क ।’
डिभिजन वन कार्यालय बाराले गत वर्ष जिल्लाभर रहेका ४१ वटा सामुदायिक वन उपभोक्ता समितिमध्ये २ वटामा सो पार्क निर्माण गरेको हो । डिभिजन वन कार्यालय बाराका अधिकृत अनिलकुमार साहले मधेस प्रदेश वन तथा वातावरण मन्त्रालयको पुँजीगत कार्यक्रम अन्तर्गत हाइटेन्सन मुनि रहेका खाली जग्गालाई सदुपयोग गर्ने र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ईको पार्क निर्माण गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण