इङ्ल्यान्डका मोर्गनले लिए अन्तर्राष्ट्रिय खेलबाट संन्यास
इङ्ल्यान्ड क्रिकेट सीमित ओभरका कप्तान इयोन मोर्गनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय मोर्गनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । १६ वर्षे लामो क्रिकेट करियरमा मोर्गनले इङ्ल्यान्डलाई पहिलो एकदिवसीय विश्वकपको उपाधि दिलाएका थिए ।
इङ्ग्लिस क्रिकेटको सबैभन्दा सफल मध्येका एक मोर्गनले १२६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा इङ्ल्यान्डको कप्तानी सम्हाले । यसमध्ये इङ्ल्यान्डले ७६ खेलमा जित हासिल गरेको थियो ।
मोर्गनले इङ्ग्लिस टिमबाट कुल २४८ अन्तर्राष्ट्रिय खेल खेले । जमसमा १४ सतकसहित उनले सात हजार सात सय एक रन बनाए । टेस्ट क्रिकेटमा पर्याप्त मौका नपाएका मोर्गनले १६ खेलमा दुई सतकसहित सात सय रन बनाएका छन् ।
यस्तै, मोर्गनले ७२ ट्वान्टी २० खेलमा इङ्ल्यान्डको कप्तानी सम्हाले । यसमध्ये ४२ खेल इङ्ग्लिस टिमले जितेको थियो ।
कुल एक सय १५ ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल खेलेका मोर्गनले यसमा दुई हजार चार सय ५८ रन बनाए । आयरल्यान्डमा जन्मिएका मोर्गनले क्रिकेट करियरको सुरुवात पनि आयरल्यान्डबाट नै गरेका थिए । उनले आयरल्यान्डबाट सन् २००६ मा स्कटल्यान्डविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । पहिलो खेलमा नै मोर्गनले ९९ रनको इनिङ खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण