बाँकेमा पुनः तीन जनामा कोरोना सङ्क्रमण पुष्टि
बाँकेमा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा शङ्कास्पद तीन नमूनाको पिसिआर परीक्षण गर्दा आज उनीहरुमा सङ्क्रमण देखिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
उनले दुई पुरुष र एक महिलामा सङ्क्रमण पुष्टि भएको उल्लेख गर्दै उनीहरु होम आइसोलेशनमा बसेको बताए । कोभिड पुष्टि भएका दुई नेपालगञ्ज–१८ र एकजना नेपालगञ्ज–१० का हुन् । केही दिन यता नेपालगञ्जको जमुनाहा नाकामा बाहिरी जिल्लाका नागरिकहरुमा पनि सङ्क्रमण देखिन थालेको छ ।
फोकल पर्सन वलीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आग्रह गर्दै कोभिड खोप लगाउन र दोस्रो मात्रा पूरा लगाएको तीन महिना पुगेकाहरुलाई बुस्टर खोप लगाउनसमेत आग्रह गरे । सो नाकामा स्वास्थ्य कार्यालयको हेल्प डेस्क खडा गरेरसमेत नियमित कोरोनाको परीक्षण हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण