बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

दाङमा मोटरसाइकल चोरीमा संलग्न ९ जना पक्राउ

शनिबार, १८ असार २०७९, १५ : ०१
शनिबार, १८ असार २०७९

दाङमा मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलबाट मोटरसाइकल चोरी गरी दाङ ल्याएर बिक्री गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी दाङ ल्याएर बिक्री गर्ने ९ जनालाई लमही र गढवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

पक्राउ पर्नेमा गढवा गाउँपालिका ६ का १७ वर्षीय आनन्द परियार, सोही ठाउँकै १७ वर्षीय क्रम बस्नेत, १६ वर्षीय रातन बस्नेत, १६ वर्षीय नसिब अहमद, १५ वर्षीय बरुण कुमाल, १९ वर्षीय अनिलसिंह ठकुरी, १९ वर्षकै लक्ष्मण विष्ट र लमही नगरपालिका ५ का १९ वर्षीय बसियमसिंह ठकुरी रहेका छन ।

उनीहरुले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर ल्याई  गिरोहमार्फत बिक्री गर्दै आइरहेको पाइएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप