लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनको सम्भावना धेरै छ : मन्त्री चौधरी
लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीले विश्वका धेरै धार्मिक पर्यटकहरूलाई लुम्बिनी भित्राउने सम्भावना रहेको बताएका छन् । उनले लुम्बिनी प्रदेशमा आन्तरिक र बाह्य पर्यटकको सम्भावना धेरै रहेको बताए ।
लुम्बिनी प्रदेशमा रहेका लुम्बिनी, रुरु क्षेत्र , स्वर्गदारीजस्ता महत्वपूर्ण धार्मिक क्षेत्रमा थप आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सरकारले काम गरिरहेको उनले बताए । पर्यटनलाई हरेक क्षेत्रसँग जोडेर जाने समेत उनले बताए ।
नेपाल पर्यटन पत्रकार महासङ्घ रुपन्देहीको आयोजनामा आयोजित आन्तरिक पर्यटन प्रवर्द्धनको लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले साँस्कृतिक, प्राकृतिक र धार्मिक पर्यटनको क्षेत्रलाई जोडेर जानुपर्नेमा जोड दिए । उनले पर्यटन क्षेत्रमार्फत संघ र प्रदेश सरकारलाई जोड्न सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताए ।
उनले लुम्बिनीलाई केन्द्र बिन्दुमा राखेर प्रदेशलाई पर्यटनको हबको रूपमा स्थापित गर्नको लागि सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेशका १२ जिल्लालाई फरक फरक हिसाबले पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागिएको बताउँदै मन्त्री चौधरीले पर्यटनहरूका लागि केवल पार्क मात्र बनाएर नहुने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा.दामोदर भुसालले पर्यटनको विकासको लागि सबैको क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी निर्देशक रामु जोशीले आन्तरिक पर्यटन प्रवर्द्धन गर्दा प्रदेशको आर्थिक विकासमा महत्पूर्ण योगदान हुन सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण