बर्दिया र रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु
बर्दिया र रुपन्देहीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका–८ भन्सार चोकस्थित सडकमा गुलरिया नगरपालिका १६ नम्बरको टाँगाले ठक्कर दिँदा शनिबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा साइकलयात्री गुलरिया नगरपालिका–८ सुरजपुर बस्ने ७० वर्षीय वीरबहादुर सुनार रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बर्दिया हुँदै नेपालगन्ज नर्सीङहोममा थप उपचारको क्रममा मृत्यु भएको हो । टाँगा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ दश नम्बर चोकस्थित सडकमा लु.७९ प ५४९१ नम्बरको स्कुटर शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक सोही ठाउँ बस्ने ५० वर्षीय तुलसी पाठक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण