बलिउडमा ६ अभिनेता, जो देखिन्छन् अझै जवान
बलिउड मनोरञ्जन दुनियाँको ठुलो उद्योग बनिसकेको छ । आफ्नो भविष्य खोज्न हरेक दिन नयाँ अनुहार बलिउडमा भित्रिएको देख्न सकिन्छ । यो अवस्थामा पनि बलिउडका ६ अभिनेता यस्ता छन् । जसको स्थान कसैले लिन सकेको छैन । जो अहिले पनि जवान र हेन्डसम देखिन्छन् ।
शाहरुख खान
रंगमञ्च हुँदै फिल्ममा भित्रिएका शाहरुख खान बलिउडका बादशाह पनि हुन् । पछिल्लो समय किङ खानको उपनाम समेत पाएका उनले बलिउडमा ३० बर्ष पुरा गरेका छन् । उनी अहिले ‘पठान’मार्फत दर्शक माझ आउने तरखरमा छन् । उनी ४ वर्षपछि फिल्ममा देखिन लागेका हुन् । १९९२ को फिल्म ‘दीवाना’ बाट उनले बलिउड डेब्यु गरेका हुन् ।
आमिर

पछिल्लो समय ‘लालसिंह चड्ढा’ का कारण चर्चामा छन् आमिर खान । १९८८ को फिल्म ‘कयामत से कयामत तक’ बाट उनले बलिउड डेब्यु गरेका थिए । आमिर आफ्नो फिल्मको हरेक भूमिका परफेट निर्वाह गर्ने कलाकार हुन् ।
ऋतिक

विश्वका ह्यान्डसम अभिनेतामध्ये एक ऋतिक रोशन फिटनेशका कारणले पनि चर्चित छन् । २००० मा फिल्म ‘कहो ना प्यार है’ बाट बलिउड डेब्यु गरेका उनी पछिल्लो समय ‘विक्रम वेधा’ मा ब्यस्त छन् ।
सलमान

१९८९ को फिल्म ‘मैने प्यार किया’ बाट बलिउड डेब्यु गरेका हुन् सलमान खान । उनी पछिल्लो समय बलिउडमा भाइजानको नामबाट पनि परिचित छन् । बलिउडका एक्सन हिरो उनी एकपछि अर्काे फिल्म लगातार दिने गर्दछन् । ५० बर्षबढी उमेरमा पनि फिट देखिने उनी अहिले ‘कभी ईद कभी दीवाली’ र ‘टाइगर ३’ को सुटिङमा ब्यस्त छन् ।
अक्षयकुमार

अक्षयकुमारले बलिउडका आफ्नो जादु लगातार छर्न सफल छन् । १९९१ मा ‘सौगन्ध’ फिल्मबाट बलिउड डेब्यु गरेका उनी खेलाडी कुमारको नामबाट पनि परिचित छन् । एक्सरसाइजका कारण सधै फिट रहने उनी अहिले ‘रक्षा बन्धन’ र ‘राम सेतु’ सुटिङ गरिरहेका छन् ।
सुनिल

९० को दशकका हिरो सुनिल शेट्टी एक्सनको मामलामा अक्षयकुमारलाई टक्टर दिने अभिनेता हुन् । पछिल्लो समय सुनिल फिल्मबाट बाहिर छन् । उनले बलिउड डेब्यु १९९२ को फिल्म ‘बलवान’ बाट गरेका थिए । उनी अहिले पनि फिट देखिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण