श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक पुरुष कारागार चलान
आइतबार, १९ असार २०७९, २३ : ४५
गुल्मीमा आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा आइतबार एक पुरुष पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्लाको मदाने गाउँपालिका–४ का ३५ वर्षीय विवश क्षेत्री (नाम परिवर्तन) २५ वर्षीया श्रीमती निर्मोही (नाम परिवर्तन) लाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा कारागार चलान भएका हुन्।
जिल्ला न्यायाधीशको अनुपस्थितिमा श्रेस्तेदार भीमप्रसाद भुसालले उनलाई पुर्पक्षका लागि कारागार थुना पठाउने आदेश गरेको जिल्ला अदालत गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार जेठ २५ गते राति श्रीमानले आफुलाई जबर्जस्ती करणी गरेको भन्दै निर्मोहीले जेठ २८ गते जाहेरी दिएकी थिइन् ।
त्यसलगत्तै पक्राउ परेका विवश आइतबारसम्म प्रहरी हिरासतमा थिए । आरोपित पुरुषका बाबुले भने बुहारीले अनाहकमा फसाएको जिकिर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण