रुपन्देहीमा हतियारसहित ३ जना भारतीय पक्राउ
सोमबार, २० असार २०७९, ११ : १७
रुपन्देहीबाट प्रहरीले हतियारसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला बस्ने मेदी हुसेन, अकबर खान र आसिक अलि छन् । जिल्ला प्रहरी कार्यालयका रुपन्देहीमा प्रवक्ता नवरत्न पौडेलका अनुसार उनीहरुको साथबाट एउटा कटुवा पेस्तोल, केएफ ९एम एम लेखिएको २ राउन्ड गोली र चक्कु १ थान फेला परेको छ ।
उनीहरु सवार रुपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ बसपार्क नजिक अनियन्त्रित भई दुर्घटना थियो । मोटरसाइकल दुर्घटनामा परि तीनै जना घाइते भएको थिए । प्रहरी चेकजाँचमा उनीहरुले हतियार बोकेर हिँडेको खुल‍ेको थियो ।
उनीहरूलाई उपचारको मेडिकल कलेज भैरहवामा उपचारपछि अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको राखिएको प्रवक्ता पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण